२४ भदौ, काठमाडौं । काठमाडौ उपत्यकामा सार्वजनिक साधनको भाडा न्युनतम १३ रुपैया कायम भएको छ ।
सरकारले बुधबार यातायात व्यवसायीसँगको सहमतिमा उपत्यकामा न्युनतम भाडा १३ लिने सहमति गरेका थिए । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले गत माघमा कायम भएको १३ रुपैया ७२ पैसाको आधारमा २ दशमलव २२ प्रतिशतले भाडा घटाउँदा १२ रुपैया ७१ पैसा हुने र यसलाई १३ रुपैयाँभन्दा धेरै लिन नपाइने सहमति सहमति भाडा कायम गरिएको बताए । त्यस्तै उपत्यका बाहिरको हकमा पाच सय रुपैया लिइरहेको ठाँउमा ११ रुपैया ५० पैसा घटेको छ भने एक हजार रुपैया २२ रुपैया २० पैसा घटेको श्रेष्ठले बताउनुभयो । यस अघि भाडा घटाउँदा पनि उपभोक्ताले एक दुई रुपैया धेरै तिर्न परेको भन्दै यो अवस्था हुन नदिन चार सदस्य समिति समेत गठन गरेको पनि बताए ।
व्यवसायी, विभाग, उपभोक्ता अधिकारकर्मी र ट्राफिक सहितको समितिले भाडा अनुगमन गर्नेछ । भाडा धेरै लिइएको पाइएमा तत्काल कारवाही गर्ने श्रेष्ठले बताए । यस विषयमा व्यवसायी पनि सहमति भएको उनले बताए ।












