२२ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले केही दिन प्रक्रिया रोकेर भएपनि असन्तुष्ट पक्षसँग संबादमार्फत अधिकतम सहमति जुटाएर संविधान जारी गर्नुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले संविधान सैद्धान्तिक दस्तावेज मात्रै भएकोले यसमा यो पनि, त्यो पनि दिन्छौं भनेर दलहरुले गरेको गल्तीको परिणाम अहिलेको अवस्था आएको भन्दै पछि कानूनमा असर नपर्ने गरी संविधान निर्माण गर्नु पर्ने बताए । हिंसात्मक आन्दोलनले मुलुकलाई संकटमा पार्ने भन्दै उनले सहमति गरेर केहि ढिलो गरी संविधान जारी गर्नुपर्ने बताए ।

अर्को प्रशंगमा बोल्दै अध्यक्ष चन्दले पशुपति शमसेर राणाले प्रत्येक तीन महिनामा बस्नुपर्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठक १५/१६ महिनासम्म नबसालेको केन्द्रिय सदस्यहरुले आफुलाई अध्यक्ष बनाएको उहाँले दावी गरे । त्यस्तै प्रत्येक महिना बस्नु पर्ने कार्य सम्पादनसमितको बैठक १५ महिनासम्म नबसालेर राणाले पार्टीको एकता महाधिवेशनको निर्णय विरुद्ध हुकुमी शैलीमा पार्टी चलाएको उनको आरोप छ । आफूहरुले विद्रोह गर्नु परेको बाध्यता बताउँदै १०३ सदस्यीय कार्य समितिमा ६१ जना सदस्य आफूहरुको पक्षमा रहेकोले आफूहरु नै आधिकारिक हुने विश्वास व्यक्त गरे ।











