२० भदौ, काठमाडौं । जगणनामा मधेसीको मातृभाषा हिन्दी बनाउन न्वारनदेखिको बल झिकेर लागेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दोस्रो संविधान सभामा आफ्नो दल पराजित भएपछि भारतको पराजय भएको अभिव्यक्ति दिएका थिए । यतिवेला उनले अब मधेस प्रदेश होइन धोती प्रदेश आफूलाई चाहिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।
मधेसको सान धोतीको नामाकरण गरेर प्रदेश दिए आफू खुशी हुने उनले बताएका छन् । महतोका पछिल्लो अभिव्यक्तिले उनको उद्देश्य मधेसी जनतालाई अधिकार दिने हो वा अन्य भन्ने कुरामा प्रश्न उब्जिएको छ ।
मधेसमा भएका विरोध कार्यक्रममा पुगेर आफूले नेतृत्व लिने कसरत गर्दै आगामी चुनावमा ठूलो पार्टी बन्ने दाउ रचिरहेका महतोले मधेसको सान धोती भएकोले धोतीकै नाममा प्रदेश दिए आफू खुशी हुने बताउन थालेका छन्।
मधेसमा आन्दोलन हुँदा पनि मधेसीको माग सम्बोधन गर्नेतिर सरकार नलागेकाले मधेसी जनताको धैर्यताको बाँध टुट्न लागेको उनले बताएका छन् ।
यसैगरी उनले संविधानको विधयेकमा शनिबार तीन ठूला पार्टीले गरेको संयुक्त संशोधन प्रस्तावले मधेससँग ठूलो विश्वासघात गरेको आरोप लगाएका छन् ।
वास्तवमा धोती कुर्ता मधेसीको मौलिक पहिचान नभएर भारतको पहिचान हो । नेपाली पोशाक दौरा सुरुवाल मौलिक पोशाक हो । यो न त अन्य चीन, भारत वा अन्य देशसँग मिल्छ । राजेन्द्र महतोले मधेसीको मौलिक पहिचान खोजेको भए त्यहाँको मौलिक पोशाकको कुरा गर्नुपर्ने भारतको पोशाकका आधारमा प्रदेश माग्नु उपयुक्त नभएको विज्ञहरु बताउँछन् ।
दूधलाई अमृत मान्ने हिन्दू तथा मधेसी परम्पराको धज्जी उडाउँदै मधेसी जनताबाट दूधले आफ्ना गोडा धुन लगाउने महतोले के साँच्चै मधेसी जनताको अधिकारको कुरा गरेका होलान त । उनका विगतका क्रियाकलापले समेत प्रश्नचिन्ह खडा भएको एक मधेस विश्लेषक बताउँछन् ।











