१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले जातजाति, धर्म संस्कृतिका बीचमा आपसी तिरस्कार गरिए नेपाल नरहन सक्ने बताएका छन् । नेपाल स्वास्थ्य व्यवसायी महासंघको १० औं बार्षिक उत्सवका अवसरमा विहीबार नेता देउवालले आपसी दुश्मनी बढाएर गए मुलुक समाप्त भएर जाने धारणा व्यक्त गरे । जति घृणा र तिरस्कार गरीयो मुलुकमा उती नै समस्या हुदै जाने भन्दै बार्तामा आएर आफ्ना कुरा राख्न आन्दोलनरत राजनीतिक दल तथा कार्यकतालाई आग्रह गरे ।

नेता देउवाले जुन सुकै पक्ष र समुदाय भए पनि आन्दोलनबाट फिर्ता आउनु पर्ने उल्लेख दावी गरे । देशमा सबैले सबै अधिकार नपाउने भन्दै सकेसम्म सम्बोधन हुने बातावरण बनाउने पनि आश्वासन गरे ।











