१६ भदौ, काठमाडौं । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको अगुवाइमा संघीय लोकतान्त्रिक मोर्चा गठन भएको छ ।
बुधबार सिहदरबारमा पत्रकार सम्मेलन गर्दे मधेसमा क्रियाशिल तीनवटा पार्टीको संलग्नतामा मोर्चाको गठन गरेको जनाएको हो । मोर्चाका सदस्यहरुमा फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनाधिकार फोरम गणतान्त्रिक रहेका छन् । मोर्चा गठनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, राष्ट्रिय मधेस समाजवादीका अधयक्ष शरदसिंह भण्डारी र फोरम गणतान्त्रिकका अध्यक्ष राजकशिशोर यादवले आफ्ना मागहरु शनिबारसम्म पूरा नभएमा संविधान निर्माण प्रक्रियाबाट बाहिरिने बताए ।
शनिबारसम्म मधेसी, थारु र जनजातिका माग सम्बोधन नभएमा आफूहरुले संविधानका सबैप्रक्रियालाई त्याग गरी सडक संघर्षमा समाहित हुने जानकारी पत्रकार सम्मेलनमा गच्छदार, भण्डारी र यादवले दिए ।












