कांग्रेस संसदीय दलको बैठकमा नेतृत्वको कडा आलोचना भएको छ । वुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा सभासद्हरुले नेतृत्वको चर्को आलोचना गरेका हुन्।
तराई मधेसका कांग्रेस नेता तथा सभासद्हरुले संसदीय दलको बैठकमा आफ्नो कुरा नेतृत्वले सुन्नै नचाहेको भन्दै आफूहरूलाई हेप्ने गरेको आरोप लगाए।

तराई मधेसमा भड्किएको हिंसाले उग्र रूप लिएको भन्दै समयमै माग सम्बोधन गर्नुपर्ने सुझाव कांग्रेस नेतृत्वलाई नेताहरुले दिएका छन्।
केन्द्रीय नेताहरूको विचारलाई जनतामाझ पुर्याएर समयमै सम्बोधन गर्न बैठकमा बोल्ने अधिकांश नेताहरूले सुझाव दिएका छन्।
यस्तै प्रधानमन्त्री तथा सभापति सुशील कोइराला, रामचन्द्र पौडेल तथा कृष्ण सिटौलाले अहिलेको स्थितिबारे सबैसँग छलफल गरेर मात्र समस्याको समाधान हुने बताएका छन्।
विहान बसेर स्थगित भएको संसदीय दलको बैठक वेलुका पनि बस्ने भएको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग भैरहेको पार्टी सभापति तथा प्रधानमन्त्री कोइरालाको संवाद बारे समेत कांग्रेसमा छलफल भएको छ ।











