१४ भदौ, वीरगंज / वीरगन्जमा प्रहरीको गोली लागि एकजना प्रर्दशनकारीको मृत्यु भएको छ । स्थानिय प्रशासनले लगाएको
कफ््युलाई उलंखन गरी प्रदर्शन गरीरहेको वीरगन्ज २५ मनिहारीका ३० बर्षिय दिलिप कुमार चौरसियाको मृत्यु भएको छ ।
वीरगन्जको राधेमाईमा कफ्युलाई उलघंन गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा चौरसियाको पिठ्युमा गोली लागेको थियो । गम्भिर घाईते भएका चौरसियालाई उपचारको लागि वीरगन्जको नारायणी उपक्षेत्रिय अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको ज्यान गएको अस्पतालका चिकित्सकले जनाएका छन् । घटनापछि वीरगंजनको स्थीति झन बिग्रिएको छ । वीरगन्जमा चौतर्फी रुपमा आन्दोलनकारीहरु कर्फ्युको उलंघन गर्दै प्रर्दशनमा उत्रिएका थिए । उनीहरु वीरगन्जको मुख्य चोक माईस्थान, आर्दशनगर, विर्ता, छपकैया, मुर्ली, पावरहाउस, गण्डक, परवानीपुर लगायतको ठाउमा प्रहरी र प्रदर्शनकारीविच झडप भएको थियो ।













