वीरगंजमा कर्फ्यु अवज्ञा गर्दै प्रदर्शनकारीले एमाले पार्टी कार्यालय जलाएका छन् । रामगढवामा रहेको एमाले पार्टी कार्यालय भर्खरै प्रदर्शनकारीले जलाएको हुन्
नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक समेत अराजक समूहले ढालेको छ । वीरगंजको छपकैया चोकमा रहेको गिरिजाको शालिक ढालेको हाम्रो संवाददाता नरेश सर्राफले जानकारी दिए ।
यसैगरी आन्दोलनकारीले तीन प्रहरी विट जलाएका छन् । भर्खरै प्राप्त समाचारअनुसार वीरगंजको अशोक वाटिका चोकको प्रहरी विटमा आन्दोलनकारीले आगजनी गरेका छन् ।













