१२ भदौ, इनरुवा । पूर्व पश्चिम राजमार्ग अन्र्तगत सुनसरीको नरसिंह १ मा सनिबार साँझ दुईवटा मोटरसाइकल एकआपसमा ठोकिंदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर भएका छन् । दुई विपरित दिशाबाट आउँदै गरेको बा ४५ प ३०४० र को ६ प ३९६४ नम्बरमो मोटरसाइकल आपसमा ठोकिँदा भारदह घर भई राजविराज स्थित सिमा सुरक्षा शसस्त्र प्रहरी जवान धिरेन्द्र झाको ज्यान गएको हो ।
त्यसैगरी दुर्घटनामा घाइते हुनेहरु मोरङको कर्सिया घर भएका शसस्त्र प्रहरी हवल्दार श्याम लम्सालको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यसैगरी गम्भिर घाईतेहरुमा सुनसरीको इनरुवा १ का अर्जुन साह र सोही स्थानका दयानन्द पोदार रहेको सुनसरी प्रहरीले जनाएको छ । मृतकका पोष्टमार्टमको लागि इनरुवा अस्पताल ल्याएको छ । घाईतेहरुलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ ।
तिव्र गतिमा रहेको दुवै मोटरसाईकल सडकको बीच भागमा ठोकिएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।













