११ भदौ, काठमाडौं । गत वैशाख र जेठमा लिइएको कक्षा १२ को परीक्षाको परीक्षाफल शुक्रबार सार्वजनिक भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी भक्तपुरले शुक्रबार दिउँसो कक्षा १२ को विज्ञान विषयको परीक्षाफल प्रकाशित गरेको हो । प्रकाशित परीक्षाफल अनुसार यसवर्ष कक्षा १२ को विज्ञान संकायमा ७१.६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस्तै, नियमिततर्फ परीक्षा दिएका ३७ हजार ९ सय २८ विद्यार्थीमध्ये ७१.६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ कुल ८ हजार ४ सय ६ विद्यार्थी मध्ये ४४.३० प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रभावित परीक्षालाई परिषद्ले २ चरण सञ्चालन गरेको थियो । भूकम्पले कम क्षति पुर्याएका ६८ जिल्लामा जेठ २० देखि ३१ गतेसम्म र अन्य ७ जिल्लामा असार १४ गतेदेखि परीक्षा सञ्चालन गरिएको थियो ।












