११ भदौ, काठमाडौं । नेकपा–माओवादीले अहिले चलिरहेको संविधान निर्माण प्रकृया रोक्न राष्ट्रपतिसँग आग्रह गरेको छ । अध्यक्ष मोहन बैद्य सहितको टोलीले राष्ट्रपति डा रामवरण यादवलाई भेटेर प्रकृया रोकी सवै पक्षसँग वार्ताको वातावरण वनाइदिन आग्रह गरेको हो ।
भेटमा अध्यक्ष बैद्यले देशका विभिन्न स्थानमा भैरहेका
आन्दोलनलाई वेवास्ता गरेर तीन दलले कर्फ्यु र परिचालन गरि संविधान निर्माण गर्न लागिरहेको भन्दै त्यसलाई रोक्न राष्ट्रपति समक्ष आग्रह गरेका हुन् । भेटपछि नेता सिपी गजुरेलले तीन दलले देशमा आगो बालेर संविधान जानी गर्न लागेकोले राष्ट्रपतिको ध्याकर्षण गराएको बताए ।
सरकारले सेना परिचालन र कर्फ्यु हटाउनुपर्ने भनदै उनले त्यसका लागि पहल गर्न राट्रपतिलाई आग्रह गरिएको जानकारी दिए । भेटमा राष्ट्रपति यादवले आफुले यसवारे सरकारलाई पटकपटक आग्रह गरिसकेको र फेरि पनि ध्याकर्षण गराउने बताएको गजुरेलले जानकारी दिए ।











