१० भदौ, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच बिहीबार भेटवार्ता भएको छ ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कोइराला वनमन्त्री महेश आचार्यलाई साथमा लिएर शीतल निवास पुगेका पुगेका थिए । भेटमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट दलहरुको आन्दोलन र भइरहेको वार्ता प्रयासबारे ब्रिफिङ गरेका थिए ।
राष्ट्रपतिले वार्ताका लागि प्रधानमन्त्री र प्रमुख दलहरुले थालेको प्रयासको सरहाना गरेका छन् । असन्तुष्ट दलहरुलाई वार्ताका लागि प्रधानमन्त्रीले पत्राचार गरेको विषयमा कुराकानी गर्दै राष्ट्रपतिले वार्तावाटै समस्या समाधानको प्रयास गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।











