८ साउन, काठमाडौं । सरकारले सुदूरपश्चिमका सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजी परिर्वतन गरेको छ ।
कैलालीको टीकापुरमा भएको हिंसात्मक आन्दोलनमा एसएसपीसहितका सात सुरक्षाकर्मी मारिएपछि गृह मन्त्रालयले पश्चिमका सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजीलाई हेडक्वाटर तानेको हो ।
नेपाल प्रहरीका डीआईजी रामकुमार खनालको स्थानमा माधव नेपाललाई पठाइएको छ । यसैगरी सशस्त्र प्रहरीका डिआइजी खडानन्द चौधरीको स्थानमा सुरज श्रेष्ठलाई पठाएको छ । डिआइजी चौधरीले टीकापुर झडपमा आक्रमणकारीको संरक्षण गरेको र नेपाल प्रहरीका अधिकारीहरुको हत्या हुँदा समेत सशस्त्र प्रहरीले जिम्मेवारी निर्वाह नगरेको ठहर समेत गृहले गरेको छ । उनलाई कारवाही प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।
यस्तै आन्दोलनकारीको आक्रमणमा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको स्थानमा एसएसपी दिनेश अमात्यलाई पठाइएको स्रोतले बताएको छ ।











