७ भदौ, रौतहट । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले आव्हन गरेको अनिश्चिकालीन बन्दको दशौं दिन आज सदरमुकाम गौरमा सुरक्षाकर्मी र प्रदर्शनकारी बिच झडप भएको छ ।गौरमा महिलाहरुले निकालेको तरवार जुलुस नगर परिक्रममा पश्चात अदालत चोकमा आए पछि प्रदर्शनकारीहरुले जिल्ला अदालत र जिल्ला प्रशसन कार्यालयमा ढुङ्गामुढा गरेका थिए । आन्दोलनकारीहरुले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयको झ्यालका सबै सिसा फुटाएका छन । दुवै कार्यालयमा रहेका सुरक्षाकर्मीहरुमाथि समेत प्रर्दशनकारीले ढुङ्गामुढा गर्न थाले पछि सुरक्षाकर्मीले बल प्रयोग गरेका छन् ।भिडलाई तितरबितर पार्न सुरक्षाकर्मीले चार सेल अश्रुग्यास प्रहार गरेको छ । सो क्षेत्रमा अहिले पनि सुरक्षाकर्मी र प्रदर्शनकारी बिच झडप को अवस्था रहेको छ । सदरमुकाम गौरका विभिन्न सरकारी कार्यालयहरुको सुरक्षाका लागी व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।













