४ भदौ, रुपन्देही । रुपन्देहीमा हिंसा भड्किने भन्दै प्रहरी संयममितभएर बसेपछि बन्दकर्ताहरुले प्रहरीमाथि ज्यादति गरेका छन् । शुक्रबार बन्दकर्ताले प्रहरीबन्दोबस्तीका सामान निकालेर जलाएका छन् । प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै आक्रोशित समूहले हाटिबनगाई अस्थायी प्रहरी चौकीबाट खाट, बर्दी लगायतका सामान बाहिर निकालेर जलाएका।
प्रहरीहरु नभएका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले चौकीमा आक्रमण गरेका थिए ।
रुपन्देहीको भैरहवा बजार क्षेत्रभन्दा बाहिर तनावको स्थिति छ । मर्चवार, हाटी बनगाई, बसन्तपुर लगायतका स्थानमा बन्दकर्ताहरुले प्रदर्शन, तोडफोड र आगजनी गरेका छन् ।
मर्चवार क्षेत्रको मर्यादपुर प्रहरी चौकी आगजनी गर्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। दुवै समूहका केही घाइते भएका छन् भने प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।
भैरहवामा शुक्रबार विहान स्थानीय युवाहरुले बन्दको प्रतिकार जुलुस प्रदर्शन गरेका थिए भने पक्लिहवाका महिलाहरुले जातीय सदभाव नबिथोलियोस् भनेर सदभाव र्याली निकालेका थिए ।













