३ भदौं । सडक पराकिलो पारेपछि बारम्बार दुर्घटना भइरहेको काठमाडौंको बबरमहलमा बुधबार राति अर्को डरलाग्दो दुर्घटना भएको छ । एक वर्षयता चारवटा बढी दुर्घटना भइसकेको बबरमहलमा बुधबार राति भएको दुर्घटनामा एक जना स्कुटर चालकको मृत्यु भएको छ ।
![a'waf/ a]n'sL sl/a (M!% ah] aa/dxnaf6 dfOtL 3/tkm{ cfO/x]sf] af # v ^*#@ g+=sf] ldlg6«s ljkl/t lb;fdf uO{ af %^ k $%@) g+=sf] kx]nf] :s'6/nfO{ lsRb} / ;f]xL 6«sdf k5fl8af6 7f]ls+b} af !@ r (@(# sf] lghL sf/ . tl:a/ M /Tg >]i7, /f;; .](https://nepaldesh.com/wp-content/uploads/2015/08/Babarmahar-accident.jpg)
a’waf/ a]n’sL sl/a (M!% ah] aa/dxnaf6 dfOtL 3/tkm{ cfO/x]sf] af # v ^*#@ g+=sf] ldlg6«s ljkl/t lb;fdf uO{ af %^ k $%@) g+=sf] kx]nf] :s’6/nfO{ lsRb} / ;f]xL 6«sdf k5fl8af6 7f]ls+b} af !@ r (@(# sf] lghL sf/ . tl:a/ M /Tg >]i7, /f;; .
बुधबार राति ९ बजेर १५ मिनेटको समयमा भएको यो दुर्घटनामा बानेश्वरबाट माइती घरतर्फ जाँदै गरेको बा ३ ख ६८३२ नम्बरको मिनि ट्रकले विपरीत दिशाबाट आइरहेको स्कुटरलार्इ ठक्कर दिँदा स्कुटर चालक ध्रुब केसीको ज्यान गएको हो ।
मिनिट्रकले विपरित दिशाबाट आइरहेको बा ५६ प ४५२० नम्बरको पहेँलो रंगको स्कुटरलाई किचेको थियो । ट्रकले स्कुटरलार्इ किचेपछि पछाडिबाट आइरहेको निजीकार ट्रकमा जोडसँग ठोक्किएर कच्याककुचुक परेको छ । बा १२ च ९२९३ को निजी कार ट्रकमा ठोक्किएर क्षतिग्रस्त भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते भएका स्कुटर चालक केसीलार्इ उपचारका लागि तत्कालै नजिकैको अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याएलगत्तै चिकित्सकहरूले उनलार्इ मृत घोषित गरेका थिए ।
बबरमहलमा सडक फराकिलो पारेपछि सडकको बीचमा राखिएको फलामे बारमा ठोक्किएपछि अनियन्त्रित भई ट्रकले स्कुटरलार्इ किचेको थियो ।
ललितपुर घर भएका २३ वर्षीय मिनी ट्रक चालक दिनेश थोकरलार्इ प्रहरीले राति नै पक्राउ गरिसकेको छ ।











