१ भदौ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका सभासद्ले संविधानसभाबाट सामूहिक राजीनामा दिने घोषणा गरेको छ ।

मंगलबार साँझ पार्टी कार्यालय लाखेचौरमा पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष महतोले विगतको सहमति सम्झौता अनुसार संविधान नबन्ने भएकाले साक्षी किनारा बन्नका लागि मात्रै संविधानसभामा नबस्ने बताए । महतोले आफ्ना सबै नेता कार्यकर्ताहरुलाई समेत काठमाडौं छाड्न निर्देशन दिए ।
सदभावनाले काठमाडौंमा रहेको पार्टी कार्यालय मधेसमा जारी आन्दोलन सफल नभएसम्मका लागि बन्द गरेको र सम्पर्क कार्यालयमा परिणत गरेको जानकारी दिए । पत्रकार सम्मेलनमा महतोले मधेसमा केन्द्रीय कार्यालय खोल्ने बताए ।
महतोले समानुपातिक सभासद्मा भने आफ्नै पत्नीलाई पठाएका थिए । उनको स्थायी घर काठमाडौंमा छ । आन्दोलनको समयमा मधेसमा केन्द्रीय कार्यालय खोले पनि आफ्नो जनतालाई प्रयोग गरेपछि काठमाडौंमै केन्द्रीय कार्यालय राख्ने र आफू पनि काठमाडौंमै बस्ने आशय महतोले पत्रकार सम्मेलनमा गरे ।
संविधानसभामा सदभावनाका १ प्रत्यक्ष र ५ समानुपातिक सभासद थिए । प्रत्यक्ष निर्वाचत सन्जय यादव जनकपुर बमकाण्डमा दोषी ठहर भई निलम्बित छन् । राजेन्द्र महतो स्वयम् पनि महेन्द्र यादवसँग पराजित भएका थिए । संविधानसभामा मधेसी मोर्चाका ३७ सभासद छन् ।











