१ भदौ, काठमाडौं । पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निका चाइयासर्नले सोमबार दुई फेसबुक स्टाटस लेख्दै आफ्ना प्रेमी र पारसपत्नी हिमानीमाथि दुःखेसो पोखेकी छिन् । ‘आफूलाई नेपालको राजाको छोरा र युवराज्ञी बताउने हिमानी र पारसले मेरो चित्त दुखाए के तपाईहरुरुलाई थाहा छ ?’ भन्ने स्टाटस लेखेकी चाइयासर्नले हिमानीको तस्वीर राख्दै अर्को आपत्तिजनक स्टाटस समेत लेखेकी छिन् । हिमानीको नाइटोमा मुन्द्रो लगाएको तस्वीरमा नेपाली भाषामा आपत्तिजनक कुरा लेखेर चाइयासर्नले पोष्ट गरेकी छिन् ।
अनौठो कुरा त के छ भने पूर्वयुवराज पारसकी पत्नी हिमानी र प्रेमिका चाइयासर्न दुवैले नाभीमा मुन्द्रो लगाउँछन् । हिमानी केही वर्ष पहिले दोलखामा जाँदा सन् २०१० मै उनको नाभीमा मुन्द्रो लगाएको तस्वीर सार्वजनिक भएको थियो । चाइयासर्नले त्यही तस्वीरमा अश्लील आशय आउने कुरा लेख्दै पोष्ट गरेकी हुन् । चाइयासर्नले पनि सन् २०१४ मै आफूले नाइटोमा मुन्द्रो लगाएको तस्वीर पोष्ट गरेकी थिइन् । चाइयासर्नले आफ्नो सो तस्वीर पोष्ट गर्दा पारस भने थाइल्याण्डमै थिए ।
पारस थाइल्याण्डमा हुँदा चाइयासर्नले बारम्बार उनलाई पक्राउ गर्ने षडयन्त्र गरेको समाचार समेत बाहिर आएको थियो । तर पारस यतिवेला नेपाल आएपछि थाइल्याण्ड गएका छैनन् । पारसलाई थुनामा पुर्याउँदै प्रहरीलाई घुस दिने बाहनामा चाइयासर्नले ठूलो धनराशी पारसबाट फुत्काउने गरेको खुलासा पारस निकटहरुले नै गरेका थिए । यतिवेला पारस नेपालमै भएका कारण पनि चाइयासर्नलाई आर्थिक संकट परेको हुनसक्छ । त्यसैले उनी पारस र हिमानीविरुद्ध आक्रामक हुँदै फेसबुक स्टाटस लेखेको विश्लेषण गरिएको छ । चाइयासर्नको स्टाटसमा नेपालीहरुले तिखो आलोचना गरेपछि मंगलबार उनले आफ्नो स्टाटस डिलिट गरेकी छिन् ।











