३२ साउन, काठमाडौं । राप्रपा नेपालले भदौ ६ गते राजधानी केन्द्रित प्रदर्शन गर्ने भएको छ । राप्रपा नेपाल कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले ६ गते संविधान सभा घेराउ गर्नुका साथै शहरभर प्रदर्शन गर्ने निर्णय गरेको हो । भदौ २, ३ र ४ गते प्रदर्शनको पूर्व तयारी स्वरुप विभिन्न स्थानमा कोण सभा गर्ने जानकारी पार्टी प्रवक्ता विष्णु भट्टराईले नेपालदेश डट कमलाई दिए । पार्टीले गतहप्ता संविधानसभा अगाडि गरेको भन्दा जोडदार प्रदर्शन गर्ने निर्णय गरेको पनि भट्टराईले बताए । हिन्दू राष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालले विरोध प्रदर्शन गर्दै आएको छ ।












