२८ साउन, काठमाडौं । सरकारले कामु प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई प्रधानसेनापतिमा बढुवा गर्न राष्ट्रपति डा. रामवरण यादवसमक्ष सिफारिस गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई भदौ २४ देखि लागू हुने गरी बढुवा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
क्षेत्रीले सोमबारदेखि नै कामयमुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रधानसेनापति गौरवशमशेर जबरा सैनिक परम्पराअनुसार एक महिनाअघि नै बिदा बसेपछि मन्त्रिपरिषदको निर्णयअनुसार क्षेत्रीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो । भदौ २४ मा जबराले अवकाश पाएपछि क्षेत्री प्रधानसेनापति बन्नेछन् । क्षेत्रीले २०३५ कात्तिक ७ मा सैनिक सेवा प्रवेश गरेका थिए ।











