२८ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मधेसकेन्द्रित दल लगायत आन्दोलनकारीहरुलाई वार्ताको आह्वान गर्नुभएको छ ।
व्यबस्थापिका संसदको बिहीबारको बैठकमा सम्बोधन गर्दै कोइरालाले संघीयता नेपालको निम्ति नौलो कुरा भएको बताउँदै विभिन्न देशमा संघीयता लागू हुदाँ हर मुलुकले कठिनाइ भोग्नुपरेको स्मरण गर्नुभयो । सुर्खेतमा तीन जनाको निधन भएको तथा जुम्ला र मुगु अनि अरु ठाउँमा भएका प्रदर्शनहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोईरालाले सबैका हक अधिकारहरु स्थापित गराउने बिश्वास दिलाउनुभयो ।
कहीँ पनि कुनैपनि अवस्थामा आन्दोलन तोडफोड र विध्वंस गरेर अब अधिकार हासिल गर्ने अवस्थामा नरहेको उहाको भनाई छ । उहाले कहाँ कहाँ कमी कमजोरी छन् त्यसलाई पूर्ति गर्नुपर्ने धारणा पनि राख्नुभयो । हिंसात्मक प्रदर्शनहरुलाई सबै मिलेर सम्झाउनुपर्ने बताउँदै प्रधानमन्त्रीले सम्झाउन नसकेर यस्ता घटना भइराखेको आशंका गर्नुभयो ।
प्रधानमन्त्री कोईरालाले यही नै अन्तिम संविधान नभएकोले समय अनुकूल परिवर्तन हुने तथा केही कुरा छुटेका छन् भने मिलाउने भन्दै धैर्य राख्नुपर्नेमा जोड दिनुभयो ।











