नरेश सर्राफ, वीरगन्ज २६ साउन/
चार दलले रातोरात ल्याएको विभेदकारी प्रान्तीय संरचनाको विरुधमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वीरगन्जमा विरोध प्रदर्शन गरेको छ । मोर्चामा अवद्ध दलका नेता कार्यहरुहरुले चार दल विरुद्ध चर्का नारा लगाउर्दै वीरगन्जको घण्टा घर चोकमा विरोध जुलुश निकालेका हुन ।

चार दलका शिर्ष नेताहरुको गत शनिबार राती बसेको बैठकले सिमांकनको नाममा मधेशका ६ जिल्लालाई पहाडसंग मिलाई मधेशलाई कमजोर बनाउन सडयन्त्र गरेको भन्दै संघीय समाजवादी फोरम नेपाल विरोध जुलुस निकालेको हो । फोरम नेपाल पर्साका अध्यक्ष प्रदिय यादवको नेतृत्वमा वीरगन्जकोे घण्टाघर चोकबाट निकालेको विरोध जुलुश नगरको विभिन्न भाग परिक्रमा गरी पुनः घण्टाघर चोकमै पुगी कोण सभामा परिण भएको थियो ।
उहाँले मधेशका संघलाई आर्थिक रुपमा कमजोर बनाउन राष्ट्रको जलश्रोत तथा प्रकृतिक सम्पदाबाट समेत अलग्याइएको प्रदर्शनकारीको आरोप थियो ।













