२६ साउन, गुल्मी । रातभरको अविरल वर्षाका कारण आएको पहिरोले घर भत्काउँदा गुल्मीको दिब्रुङ ३ गल्छेडामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
गएराति साढे २ बजे पहिरोले भत्काउँदा ४० वर्षीया उषा विश्वकर्मा, उनका १० वर्षीय छोरा गगन र ३ वर्षीय छोरी इन्दुको मृत्यु भएको प्रहरी प्रहरीले जानकारी दिएको छ । घरमाथिबाट पहिरोसँगै आएको ढुङ्गाले उनको घर च्यापेको थियो ।
उषाका दुई छोरीहरु १३ वर्षीया शुष्मा र ११ वर्षीया रेणु सार्कीको समयमै उद्धार भएकाले बच्न सफल भएका छन् । उषाका श्रीमान् खड्कबहादुर रोजगारीका लागि साउदीमा छन् ।











