श्रीधर भट्टराई / २५ श्रावण प्यूठान
प्यूठानको सदरमुकाम खलंगा नजिक दुर्घटना हुदाँ ९ जनाको मृत्यु भएको छ । प्यूठानको सदरमुकाम खलंगाबाट बाङ्गेफेदी जादै गरेको ना ३ ख ८३८३ नम्बरको यात्रुवहाक बस प्यूठान नगरपालिका वडान ३ मा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । २२ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा प्यूठान नगरपालिका १५ का माया के.सी, तोरबाङ ५ का नरेन्द्र जि.सी, तोरबाङ्ग – ५ का चालक दान बहादुर पोख्रेल, प्यूठान नगरपालीका २ का सञ्जय विश्वकर्मा (जुनु )रहेका छन् भने अन्यको सनखत भइसकेको छैन् । मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
बस मोटरसाइृकललाई साइट दिंदा बस अनियन्त्रित भएर पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ । बसमा ३८ जना सवार रहेको जनाइएको छ ।











