२५ साउन, कैलाली । पश्चिम तराईको थारुहरुको घना बसोबास रहेको कैलाली कञ्चनपुरलाई पहाडी प्रदेशसँग गाभ्ने राजनीतिक दलको विरोधमा प्रदर्शन भएको छ । छुट्टै थारुवानको माग गर्दै थारुहरुले कैलाली र कंचनपुरमा आज विहानैदेखि प्रदर्शन गरेका छन् ।

यी दुई जिल्ला पहाडमा मिसाएर शनिबार राति शीर्ष नेताले ६ प्रदेशको संघीय प्रदेशको सीमांकन सार्वजनिक गरेकोमा स्थानीय थारुहरुले विरोध गर्दै नारावाजी गरेका छन् ।

अखण्ड सुदूरपश्चिम बनाउनुपर्ने मागसहित २०६९ सालको वैशाखमा एक महिने आन्दोलन भएको थियो। उक्त आन्दोलन शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्टलगायतका नेताहरुको निर्देशनमा भएको भन्दै त्यविवेला पनि थारुहरु विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए।












