२२ साउन, काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन २६ गतेदेखि क्षेत्रीलाई कामु प्रधानसेनापति भई कार्य सञ्चालन गर्नेगरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिए । बहालवाला प्रधानसेनापतिले आफ्नो पदावधि समाप्त हुनु एक महिना अगाडिदेखि घरबिदामा बस्ने सेनाको परम्पराअनुसार प्रधानसेनापति गौरवशमशेर जबरा यही साउन २६ गतेदेखि बिदामा बस्दै छन् । गौरवशमशेर विदा बस्ने भएकाले साउन २६ गतेदेखि नै क्षेत्रीले नेपाली सेनाको नेतृत्व संहाल्ने छन् ।

प्रधान सेनापति गौरवशमशेर राणाको पदावधि भने आगामी भदौ २३ गते सकिँदै छ ।











