गोकुल बानियाँ, पोखरा १९ साउन । कास्कीमा गत बुधवार रातिको पहिरोमा पुरिएर बेपत्ता भएका थप दुई जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर बेपत्ता भएको झण्डै एक सातामा दुई वालकको शब भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
भदौरेतामागी ५ का ५ बर्षिय विश्वराज पराजुली र १० महिनाको वालक किस्मत सुनारको शब मंगलवार बिहान ९ बजे भेटिएको प्रहरी नायव उपरिक्षक केदार रजौरेले जानकारी दिए । पहिरोमा बेपत्ता उनिहरुको शब पोखरा २५ फेवाताल पारी टारी खेतमा पानीमा तैरिरहेको अबस्थामा फेवा पारिएको हो । दुबै वालकको शब पोष्टमार्टमपछि आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ । योसंगै कास्कीको भदौरेतामागीमा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ भने लुम्ले र ढिकुरपोखरी सहित कास्कीमा गत बुधवार रातिको पहिरोबाट मृतकको संख्या ३७ पुगेको छ ।
पहिरोमा पुरिएर दुई जनाको अबस्था अझै अज्ञात छ । बेपत्ता भदौरेतामागीका १० बर्षिय मन बहादुर सुनार र लुम्ले ६ का पाँच बर्षिय कबिता शेर्पाको खोजी भैरहेको प्रहरीले जनाएको छ । पहिरोमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले बताए ।
पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सरकारले किरिया खर्च बापत जनही ४० हजार र मृतकको परिवारलाई राउत स्वरुप एक लाख रुपैया दिएको छ । त्यस्तै पहिरोबाट बिस्थापितको लागि अस्थायी बसोवासको ब्यबस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी राउतले बताए ।












