१७ साउन, काठमाडौं । पहिलोपल्ट खाना पकाउने ग्यासको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूलय निरन्तर घटे पनि पेट्रोल, डिजेल, मट्टीतर र हवाइ इन्धनमा मात्रै नेपालमा मूल्य घटाउने गरिएको थियो ।
नेपाल आयल निगमले आइतबार देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य घटाएको हो।
पेट्रोल, डिजेल र मट्टितेलमा साढे दुई रुपैयाँ घटेको छ ।
निगमले पहिलोपटक खाना पकाउने एलपी ग्यासमा पनि ३५ रुपैयाँ घटाएको छ । घटाइएको मूल्य आइतबार राति १२ बजेपछि लागू हुनेछ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएको जनाएको छ ।
मूल्य घटेसँगै पेट्रोल १ सय ६ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८४ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ ।











