१३ साउन, काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले मधेशभन्दा आफ्नो लागि देश ठूलो भएको उल्लेख गरेका छन् ।
काठमाडौंमा वुधबार आयोजि
त साक्षात्कारमा नेता गच्छदारले सम्पूर्ण नेपाली जनताको हितका लागि आफूले काम गरिरहेकोे भन्दै मधेशभन्दा आफ्नो लागि देश ठूलो भएको उल्लेख गरे । उनले साउनभित्रै संविधान आउने भन्दै यसका लागि सबै एक भएर लाग्नुपर्ने उल्लेख गरे । कुनै पनि समुदाय र क्षेत्रलाई मात्रै लिएर राजनीति गर्न आफूले नचाहेको उनको भनाइ थियो । गच्छदारले सीमाङ्कन र नामाङ्कनसहितको संविधान ल्याउनका लागि प्रमुख चार दलले प्रयास गरिरहेको जानकारी उल्लेख समेत गरे ।
सघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई वार्ताका लागि आमन्त्रण गर्दा पनि उनीहरु नआएको भन्दै गच्छदारको गुनासो गरे ।
मुलुकका २४० निर्वाचन क्षेत्रमध्ये १७–१८ वटा क्षेत्रमा विरोध भयो भन्दैमा सारा नेपालीले विरोध गरेको अर्थमा बुझ्न नहुने गच्छदारको तर्क थियो ।











