काठमाडौँः
साताको दोस्रो दिन सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ४८ हजार रुपैयाँमा कारोवार भएको छ । आइतबार ८ सय रुपैयाँले बढेको सुन सोमबार स्थिर हुँदै ४८ हजारमा कारोवार भएको छ । सोमबार तेजावी सुन प्रतितोला ४७ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको छ । सोमबार चाँदी प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोवार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।














