९ साउन, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जनताको सुझाव संबिधान निर्माणको अन्तिम समयसम्म पनि सम्बोधन गर्ने प्रयास हुने बताएका छन् ।
शनिबार सिंहदरबारमा संचारकर्मीहरुसंग कुरा गर्दे सभाध्यक्ष नेम्वाङले मस्यौदामाथिको सुझाव लिने कार्य औपचारिकता मात्र नभएको स्पस्ट पार्दै अन्तिम समयसम्म पनि सम्बोधनको प्रयास हुने बताएका हुन् । नेम्वाङले असन्तुष्ट दललाईसमेत सहमतिमा ल्याएर संविधान जारी गर्न दलहरुले सकारात्मक भूमिका खेल्नुपर्ने उल्लेख गरे । नेम्वाङले जनताले ऐतिहासिक राय सुझाव दिएको भन्दै संवाद समितिमा प्रतिवेदन पठाउनु अघि जनताका रायसुझावमा गंभीर छलफल गर्न आग्रह गरे
यसअघि शनिबार नै भएको चार दलसंगको छलफलमा सभाध्यक्ष नेम्वाङले साउन ३१ गते संविधान जारी गर्न प्रस्ताव गरेका थिए । प्रमुख चार राजनीतिक दलबीच शुक्रबार भएको बैठकमा साउन २५ भित्रै संविधान जारी गर्ने सहमति भएको थियो । नेम्वाङ र चार दलका शीर्ष नेताबीच शनिबार भएको छलफलमा ढिलोमा ३१ गतेसम्म संविधान जारी गर्ने गरी संविधान निर्माणको कार्यतालिका बनाउने सहमति भएको थियो ।











