९ साउन, काठमाडौं । १६ वुँदे सहमति गरेका चार राजनीतिक दलका शीर्ष नेता र संविधान सभाका अध्यक्षबीच साउन भित्रै संविधान जारी गर्ने विषयमा छलफल भएको छ ।
शनिवार बिहान संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सामुहिक रुपमा भेटेर शीर्ष नेताहरुले साउन २५ भित्र संविधान जारी गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरे । मस्यौदाको विरोधमा रहेका दलहरुसँग आफूहरुले आजैदेखि संवादमा थाल्ने आश्वासन समेत उनीहरुले दिएका थिए ।
शुक्रबार साँझ चार दलका शीर्ष नेताको बैठक बसी नेम्वाङलाई अघि बढ्न आग्रह गर्ने निर्णय गरिएको थियो । शनिबार साँझ पनि पुनः चार दलको बस्ने भएको छ । उनीहरुले सबै पक्षलाई मनाउन अधिकतम प्रयास गर्ने भएका छन् ।
नेम्वाङसँगको छलफलमा प्रधानमन्त्री लगायत चारै दलका अध्यक्षहरु सहभागी थिए ।











