८ साउन, काठमाडौं । विप्लव माओवादीका कार्यकर्ताले आजको बन्दको अवज्ञा गरेको भन्दै देशभर दर्जनभन्दा बढी सवारी साधन तोडफोड गरेका छन् । बन्दकर्ताले बाँकेमा ४ वटा र धादिङमा एउटा सार्वजनिक सवारी साधन जलाएका छन् । नेपालगंजमा भारतीय नम्बर प्लेटको गाडि, कोहलपुरमा बस र समशेरगंजमा ट्रकमाथि बन्दकर्ता तोडफोड र आगजनी गरेका हुन् । भारतीय नम्बर प्लेटका गाडि नेपालगंजबाट कोहलपुर आउँदै थियो भने बस र ट्रक पूर्व पश्चिम राजमार्गमा गुड्न खोज्दै थिए ।
बन्दको अवज्ञा गरेकाले तोडफोड गरिएको बाँके जिल्ला सेक्रेटरी मानबहादुर रोकाया ‘शक्ति’ले बताए ।
जबर्जस्ती बन्द तथा तोडफोड गर्दै हिँडेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका ७५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
सार्वजनिक सवारी साधनमा तोडफोड गर्दै उपत्यकामा जबर्जस्ती बन्द गराउँदै हिँडेका ७४ जना बन्दकर्तालाई काठमाडौँबाट र एकजनालाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीहरुमध्ये केहीले बोतल र जर्किनमा पेट्रोल बोकेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले बताए । नियन्त्रणमा लिइएकालाई आवश्यक छानबिनपश्चात् मात्र रिहा गरिने प्रहरीले बताएको छ ।
माओवादीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेपछि उपत्यकाका सबै ठाउँमा प्रहरीले सादा पोसाकमा समेत प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको वरिष्ठ प्रहरी उपरीक्षक खड्काले बताए ।
बन्दकर्ताले बिहान काठमाडौँमा पाँच र ललितपुरमा तीनवटा सवारी साधनमा तोडफोड गरेको बाहेक उपत्यकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जबर्जस्ती बन्द तथा तोडफोड गर्दै हिँडेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका ७५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
सार्वजनिक सवारी साधनमा तोडफोड गर्दै उपत्यकामा जबर्जस्ती बन्द गराउँदै हिँडेका ७४ जना बन्दकर्तालाई काठमाडौँबाट र एकजनालाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीहरुमध्ये केहीले बोतल र जर्किनमा पेट्रोल बोकेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले बताए । नियन्त्रणमा लिइएकालाई आवश्यक छानबिनपश्चात् मात्र रिहा गरिने प्रहरीले बताएको छ ।
माओवादीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेपछि उपत्यकाका सबै ठाउँमा प्रहरीले सादा पोसाकमा समेत प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको वरिष्ठ प्रहरी उपरीक्षक खड्काले बताए ।
बन्दकर्ताले बिहान काठमाडौँमा पाँच र ललितपुरमा तीनवटा सवारी साधनमा तोडफोड गरेको बाहेक उपत्यकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बन्दको त्रासले उपत्यकामा फाट्टफुट्टमात्र सार्वजनिक सवारी साधन चलेका कारण जनजीवन प्रभावित बनेको छ । बन्दका कारण उपत्यकामा पसल, उद्योग, कलकारखाना, शैक्षिक संस्था, कार्यालयसमेत प्रभावित भएका छन् ।
बन्दको त्रासले उपत्यकामा फाट्टफुट्टमात्र सार्वजनिक सवारी साधन चलेका कारण जनजीवन प्रभावित बनेको छ । बन्दका कारण उपत्यकामा पसल, उद्योग, कलकारखाना, शैक्षिक संस्था, कार्यालयसमेत प्रभावित भएका छन् ।