४ साउन, काठमाडौं । एकीकृत माओवादी अध्यक्षका निकट तथा स्थायी समिति सदस्य लोकेन्द्र विष्ट मगर विप्लव नेतृत्वको माओवादीमा प्रवेशको तयारी गरेका छन् । विष्टले एमाओवादी परित्याग गरेर विप्लव नेतृत्वको माओवादीमा जान लागेका हुन् । यद्यपि विष्टले पदबाट दिएको राजिनामा अध्यक्ष प्रचण्डले स्वीकृत गरेका छैनन् ।
विष्टले केही साताअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका थिए । आफूले राजिनामा दिएको तर स्वीकृत नभएको मगरले स्वीकारेका छन् ।
रुकुम स्थायी घर भएका विष्ट दोश्रो संविधानसभा निर्वाचनमा म्याग्दीबाट पराजित भएका थिए । उनी पर्यटन मन्त्री बनेर विदेश घुम्ना जाँदा समेत प्रक्रिया नपुर्याएको भन्दै विवादमा परेका थिए ।
विष्ट पछिल्लो ६ महिनायता बिनाजानकारी पार्टी केन्द्रीय समिति बैठकमा समेत अनुपस्थित हुँदै आएका छन् ।











