संविधानको पहिलो मस्यौदामा जनताको राय सुझाव संकलनका लागि सोमबार र मंगलबार देशभर सार्वजनिक कार्यक्रमको आयोजना गरिँदै छ । राय सुझाव संकलनका लागि सार्वजनिक विदा दिएर नै कार्यक्रम गर्न लागिएको हो । देशभरका जिल्ला सदरमुकाम लगायतका निर्वाचन क्षेत्रहरुको पायक पर्ने स्थानमा राय सुझाव संकलन कार्यक्रम गरिँदै छ । यदि तपाईंलाई पनि संविधानको मस्यौदामाथि सुझाव दिनु छ भने सार्वजनिक सुनुवाइ गरिने कार्यक्रम स्थलमा पुग्न सक्नुहुने छ ।
काठमाडौं उपत्यकाभित्र काठमाडौं र ललितपुरमा भने निम्न स्थान र समयमा सोमबार र मंगलबार सार्वजनिक भेला आयोजना हुँदैछन :
काठमाडौं
क्षेत्र नं. १
साउन ४ गतेः
दशरथ रंगशाला विहान ७ः३० बजे,
विजयसमारक स्कूल डिल्लीबजार अपारन्ह २ बजे
साउन ५ गतेः बानेश्वर व्यांकेट थापागाँउ विहान ७ः३० बजे,
भिएस निकेतन स्कूल अपरान्ह २ बजे
क्षेत्र नं. २
साउन ४ गतेः भगवती मा वि साँखु बिहान ७ः३० बजे,
सरस्वती मावि कोटेश्वर अपरान्ह २ बजे
साउन ५ गतेः
गोल्डेनगेट उच्चमावि बत्तीसपुतली ७ः३० बजे,
आस्था पार्टी प्यालेस थली अपरान्ह २ बजे
क्षेत्र नं. ३
साउन ४ गतेः आलकोट कागेश्वरी पुस्तकालय प्रांगण बिहान ७ बजे,
सुन्दरीजल ओखली मावि अपरान्ह २ बजे
साउन ५ गतेः समता स्कुल बौद्ध बिहान ७ बजे,
गोकर्ण मन्दिर परिसर अपरान्ह २ बजे
क्षेत्र नं. ४
साउन ४ गतेः बास्केटबल कोर्ट गल्फुटार बिहान ७ः३० बजे,
मिलनचोक पार्टी प्यालेस कपन अपरान्ह २ बजे
साउन ५ गतेः गोल्डेनलाइट पार्टी प्यालेस मित्रपार्क बिहान ७ः३० बजे,
अग्रवाल भवन कमलपोखरी अपरान्ह २ः३० बजे
क्षेत्र नं. ५
साउन ४ गतेः पुरानो गाविस भवन टोखा बिहान ७:३० बजे,
धुम्वाराही पार्टी प्यालेस अपरान्ह २स्३० बजे
साउन ५ गतेः धापासी नेचरक्लब विहान ७स्३० बजे,
परेली पार्टी प्यालेस धुम्वाराही अपरान्ह २स्३० बजे
क्षेत्र नं. ६
साउन ४ गतेः
मानसिंह धर्म उच्चमावि मनमैजु विहान ७.३० बजे,
लैनचौर अपरान्ह २ बजे
साउन ५ गतेः
पब्लीक बोर्डिङ स्कुल झोर महांकाल बिहान ७.३० बजे,
मिलन बोर्डिङ स्कुल धर्मस्थली अपरान्ह २ बजे
क्षेत्र नं. ७
साउन ४ र ५ गते बालाजु पार्क बिहान ११ बजे
क्षेत्र नं. ८
साउन ४ गतेः ज्ञानोदय उमावि बिहान ८ बजे
साउन ५ गतेः बसन्तपुर डबली बिहान १ बजे
क्षेत्र नं. ९
साउन ४ गतेः तीनकुने ग्राउण्ड कुलेश्वर बिहान ८ बजे देखि १२ बजेसम्म
साउन ५ गतेः बलम्बु गुर्जुधारा पुरानो जिविस भवन बिहान ८ बजे
क्षेत्र नं. १०
साउन ४ गतेः
पाँगा पार्टी प्यालेस कीर्तिपुर पाँगा, बिहान ८ बजे,
त्रिभुवन आदर्श विद्यालय फर्पिङ, अपरान्ह २ बजे
साउन ५ गतेः
सतुंगल पार्टी प्यालेस बिहान ११ बजे
ललितपुर
क्षेत्र नं. १
साउन ४ गतेः
गोदावरी टौखेल पार्टी प्यालेस बिहान ८ बजे,
चापागाँउ फूलवारी पार्टी भेन्यू अपरान्ह १ बजे
साउन ५ गतेः
गोटीखेल उमावि बिहान ११ बजे
क्षेत्र नं. २
साउन ४ गतेः ज्यापु समाज भवन च्यासल बिहान ११ बजे
साउन ५ गतेः महालक्ष्मी क्याटरिङ लुभु बिहान ११ बजे
क्षेत्र नं. ३
साउन ४ गतेः
खुमलटार नाष्ट भवन बिहान ११ बजे
साउन ५ गतेः
कार्यविनायक घण्टाघर भैंसेपाटी बिहान ११ बजे











