१ साउन, काठमाडौं । तपाईं कर्मचारी हुनुहुन्छ भने खुशीको खबर छ । किनकी शनिबारदेखि लगातार चार दिनको विदा तपाईंले पाउनुहुने छ ।
आइतबार इदको सार्वजनिक विदा परेको छ । सोमबार र मंगलबार पनि सार्वजनिक विदा दिने निर्णय सरकारले गरेपछि यो पटक शनिबारसहित लगातार चार दिन विदा हुने भएको छ ।
संविधानको मस्यौदामा सुझाव संकलन गर्न सरकारले साउन ४ र ५ गते सार्वजनिक विदा दिएको छ ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले विदाको निर्णय गरेको हो । संविधानसभा सचिवालयले संविधानको मस्यौदामा सुझाव संकलन गर्न दुई दिन विदा दिन प्रस्ताव गरेको थियो ।
संविधानको मस्यौदामा जनताको सुझाव संकलन गर्न साउन ४ र ५ गते सबै निर्वाचन क्षेत्रमा अन्तरक्रिया कार्यक्रम राखिएको छ । २४ गते नै संसद सचिवालयका कर्मचारीहरु क्षेत्र तथा गाउामा पुगेका छन् भने सभासदहरु शुक्रबार जिल्ला गाएका छन् ।











