२९ असार, काठमाडौं । अर्थमन्त्री डाक्टर रामशरण महतले मंगलबार व्यवस्थापिका –संसद्मा प्रस्तुत गरेको आव २०७२/०७३ को राजस्व र व्ययको अनुमान (बजेट) मा ‘हाम्रो धरोहर : हाम्रै दायित्व’, ‘विकासको लहर : सुविधासम्पन्न सहर’जस्ता केही मौलिक नारा र कार्यक्रम उल्लेख छन् ।
तुलनात्मक रुपमा कम नाराको प्रयोग गरिएको बजेटले ‘हाम्रो धरोहरःहाम्रै दायित्व’ अन्तर्गत भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक सम्पदा र मठ मन्दिरको पुरानै स्वरुपका नेपालीले पुनःनिर्माण गर्ने जनाएको छ । सोका लागि बजेटमा अलग्गै सम्पदा कोष प्रस्ताव गरिएको छ । यस्तै ‘विकासको लहरः सुविधासम्पन्न सहर’ कार्यक्रममा पोखरा र ललितपुरमा विकसित र सृुविधासम्पन्न सहर बनाइने बजेटको लक्ष्य छ भने विराटनगरलगायतलाई स्मार्ट सिटी गुरुयोजनामा समावेश गरिने भएको छ ।
अर्थ मन्त्री महतले आगामी आवलाई ‘सांस्कृतिक संरक्षण प्रवद्र्धन वर्ष’को घोषणा गर्नुभयो भने ‘एक गाउँ : एक डाक्टर’ कार्यक्रम पनि प्रस्तुत गर्नुभयो ।











