२९ असार, काठमाडौं । सरकारले यही असार २१ गते देखि लागू गरेको फ्रि भिसा र फ्रि टिकटमा वैदेशिक रोजगारमा पठाउने नियम लागू गरेको विरोध गरेका व्यावसायीहरुबीचको वार्ता विफल भएको छ । नेपाली कामदार मलेसियासहित सात खाडी मुलुकमा पठाउन सरकारले गरेको असल निर्णय विरूद्ध व्यवसायीहरुले विरोध गर्दै आएका छन् । सरकारी निर्णय लगतै म्यानपावर व्यवसायीहरूले सरकारले एक्लौटी रुपमा नियम लागू गरेको भन्दै विरोध गर्दै आएका छन् । व्यवसायीहरुसँग छलफल र संवाद नगरी गरेको निर्णय फिर्ता गर्न माग गर्दै दुईदिनसम्म सड्कमा प्रदर्शन गरे पनि आन्दोलन तुह्एिको छ ।
व्यवसायीहरुकै विशेष आग्रहमा सरकारले मंगलबार राखेको वार्ता विना निश्कर्ष टुंगिएको छ। व्यवसायीहरूले कुमुद खनालको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरेका छन् भने सरकारले औपचारिक रुपमा वार्ताटोलीको घोषणा गरेको छैन।
श्रममन्त्रीको पहलमा वैदेशिक रोजगारीमा कामदारहरु पठाइएको तर एमाले समर्थक म्यानपावर व्यावसायीले श्रममन्त्रीलाई नै दुःख दिइरहेको स्रोत बताउँछ ।











