२८ असार, काठमाडौं । खुमबहादुर खड्काले शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दावी गरेपछि विमलेन्द्र निधि भड्किएका छन् । उनको संविधान निर्माण सम्बन्धी पछिल्लो अभिव्यक्ति देउवालाई दनक भएको टिप्पणी पनि कतिपयले गरेका छन् । खड्काले हिन्दू राष्ट्र अभियानका नाममा कांग्रेसभित्रको ठूलै शक्तिलाई आफ्नो वरिपरि गोलबन्द पारेका छन् ।
खड्कासँग एक दर्जनभन्दा बढी केन्द्रीय सदस्य र सभासदहरु छन् । खड्काको यो तयारी महामन्त्रीका लागि भएको र यदि देउवाले महामन्त्रीको उम्मेदवार नबनाए आफैं सभापतिमा उठ्ने तयारीसमेत उनको छ ।
खड्काले कोइराला पक्षका समेत प्रभावशाली नेताहरुको समर्थन छ । तारानाथ रानाभाट, लक्ष्मण घिमिरे, विनयध्वज चन्द पूर्णकुमार शेर्मा, हरिबोल भट्टराई जस्ता कोइराला पक्षका नेताले समेत खड्कालाई साथ दिएकोले उनको विमलेन्द्रभन्दा आफूलाई बलियो नेताका रुपमा उभ्याएको देखिन्छ । बुढानिलकण्ठबाट फिटिक्कै ननिस्कने मापसे प्रेमी शेरबहादुर देउवाका लागि खड्का गुमाउन पनि नहुने र दिन पनि नसकिने पात्रको रुपमा खडा भएका छन् ।
–साँघु साप्ताहिकबाट










