२५ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समर्थन जनाउन सभासदहरुलाई निर्देशन दिएका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एमाले सहभागी भएको संयुक्त सरकारले नीति तथा कार्यक्रम ल्याएको भन्दै नीति तथा कार्यक्रममा समर्थन जनाउन सभासदहरुलाई निर्देशन दिएका हुन् । नीति तथा कार्यक्रम पूर्ण भने नरहेको टिप्पणी गर्दै अपूर्ण भए पनि यसलाई समर्थन गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । व्यवस्थापिका संसदको बैठकमा एमालेकै केही सभासद्हरुले नीति तथा कार्यक्रमको विरोध गरेका थिए । विरोध गर्ने सभासद्लाई अध्यक्ष ओलीले समर्थनका लागि निर्देशन दिए । उनले तत्कालीन अवस्थामा सम्भव हुने तरिकाबाट उद्देश्य प्राप्त गर्नुपर्नेमा समेत जोड दिए । नीति तथा कार्यक्रममा समावेश हुन नसकेका विषयलाई नकारात्मक रुपमा नलिन समेत ओलीले एमाले सभासदहरुलाई आग्रह गरे ।
अध्यक्ष ओलीले समग्रमा सरकारको नीति तथा कार्यक्रम सकारात्मक नै रहेको उल्लेख गरे ।











