२५ असार, काठमाडौं । नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशनको मितिसरेको छ । आगामी भदौमा गर्ने भनी निर्धारित महाधिवेशन असोजका लागि सारिएको हो । महाधिवेशन असोज २, ३, ४ र ५ गते काठमाडौंमा गर्ने निर्णय गरिएको छ । यसअघि भदौ २४ देखि २८ सम्म महाधिवेशनको मिति तोकिएको थियो । शुक्रबार संविधानसभा भवनमै बसेको केन्द्रीय समितिको बैठकले गाउँ, नगर, जिल्ला देखि केन्द्रीय महाधिवेशनको मिति सारेको हो । नयाँ तालिकाअनुसार भदौ १ गते गाउँ र नगर, ७ गते निर्वाचन क्षेत्र, १० गते जिल्ला अधिवेशन गरिने छ । काङ्ग्रेस जिल्ला सभापतिहरूले प्रधानमन्त्री एवं सभापति सुशील कोइरालालाई भेटेर भूकम्पबाट अति प्रभावित जिल्लाहरूमा पूर्वनिर्धारित मितिमै अधिवेशन गराउन समस्या परेकाले तालिका सार्न सुझाव दिएका थिए । जिल्ला सभापतिको सुझावअनुसार नै मिति सारिएको कांग्रेसले जनाएको छ ।











