२४ असार, काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पार्टीबाट अब सरकारको नेतृत्व गर्ने पालो अध्यक्ष केपी शर्मा ओलीको भएको बताएका छन ।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले भने–म प्रधानमन्त्री बनिसके अब अध्यक्ष केपी ओली जीको पालो हो । पार्टी अध्यक्ष प्रधानमन्त्री बन्ने अवसर आउँदा राम्रै हुन्छ । तर मलाई फेरि प्रधानमन्त्री बन्न प्रस्ताव आए नाई भन्दिन ।
साक्षात्कारमा खनालले अहिलेको कार्यतालिका अनुसार अबको डेढ महिनाभित्र संविधान जारी भईसक्ने विश्वास ब्यक्त गर्दै संविधान जारी भएपछि नयाँ राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको लागि निर्वाचन हुने कार्यतालिका सार्वजनिक हुने बताए।
उनले संविधानको पहिलो मस्यौदा ल्याउनु नै महत्वपूर्ण उपलब्धि भएको भन्दै यो अवस्थासम्म आई पुग्न दलहरुले आ–आफ्नो दृष्टिकोणमा परिवर्तन गरेकोले सबै दलहरुले आ आफ्नो अडान छाडनु परेकोले सबैका सबै कुरा नपरेको बताए ।
खनालले संविधानमा सबै दलका अडान अटाउन खोजेको संविधान नै आउन नसक्ने ठोकुवा गर्दै मुलुकको हित, अग्रगति, स्वाधिनता र सार्वभौमिकतालाई ख्यालमा राखेका कारण आफूहरु आफ्नो अडान छाडेर सम्झौतामा पुग्नु परेको बताए ।
उनले मस्यौदामा आएका विरोधका स्वरहरु समेटेर अघि बढ्नु पर्ने आवश्यकता औल्याउँदै मस्यौदा अअझै परिमार्जित गरेर असन्तुष्टीका स्वरहरुलाई समेटनु पर्ने बताए।
खनालले भने–अहिलेसम्म तीन चौथाई लाई मिलायौ, सयप्रतिसतलाई नै मिलाउने प्रयास गर्छौ । सहमति हुनै नसके विधी प्रक्रियाबाट टुङग्याउनु पर्छ ।
उनले आफूहरु मत भिन्नता बढाउने पक्षमा रहेको र सुझावको क्रममा कमन ग्राउण्ड खोजेर सहमति गर्ने पक्षमा रहेको भन्दै सुझाव खोज्ने क्रममै मतभिन्नता राख्नेहरुसँग छलफल गरेर सहमति जुटाउने बताईन ।
खनालले थपे–मस्यौदामा साझा कुराहरु मात्रै छन । सबैका सबै कुरा परेका छैनन । संविधान बनेपनि केही विरोधका स्वरहरु रहिरहन्छन ऐतिहासिक विकास क्रममा संबोधन गर्दै गईन्छ ।
आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको र मस्यौदाले बाहिर आए जस्तो स्वतन्त्रतालाई कुण्ठित नगर्ने दावी गर्दै नीति तथा कार्यक्रममा आएजस्तो आचार संहिता बनाउने कुरा पनि पत्रकारहरुसँगको सल्लाहमै हुने बताए ।
पार्टी सञ्चालको सामूहिक नेतृत्वको प्रणालीमा थोरै समस्या भएको स्विकार गर्दै विवाद आन्तरिक भएकोले आन्तरिक रुपमै समाधान गरिने विश्वास ब्यक्त गर्दै भने–आन्तरिक विवाद नसुल्झे म आफै ऋषि धमलाजीलाई पत्रकार सम्मेलन राख्नु भनेर भन्छु ।
पत्रकारहरुले अध्यक्ष केपी ओलीले एकलौटी निर्णय गरेर अघि बढेको हो भनि राखेको जिज्ञासामा उनले पार्टी सम्झौता विधी र नीतिबाट चल्ने भएकोले त्यसमा केही समस्या आउँदा विवाद उत्पन्न हुने भन्दै त्यसलाई छलफल नै गरेर समाधान गरिने बताए ।











