२४ असार, काठमाडौं । सानातन हिन्दु राष्ट्र घोषणाको माग गर्दै राप्रपा नेपालले साउन दोस्रो साता संविधानसभा घेराउ गर्ने भएको छ ।
राप्रपा नेपालको पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकले मस्यौदामाथि दफाबार छलफलका क्रममा आन्दोलन चर्काउने निर्णय गरेको हो । राय सुझाव गरेर फर्किएपछि दफाबार छलफलका क्रममा राप्रपा नेपालले देशभरका कार्यकर्ता ल्याएर संविधानसभा घेराउ गर्ने निर्णय गरेको पार्टी महामन्त्री चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
राप्रपा नेपालले हिन्दू राज्य माग गर्दै संकलन गरिएको हस्ताक्षर संविधानको मस्यौदा लिएर जिल्ला जान सभासदहरुको टोलीलाई बुझाउने समेत महामन्त्री गुरुङले बताए ।
साथै काठमाडौंको तीन जिल्ला काठमाडौं महानगरपालिकाका २०२ वडा, भक्तपुरका ९२ वडा र ललितपुर उपमहानगरपालिकाका ७८ वडा र २३ गाविसमा घरदैलो र कोणसभा गर्ने निर्णय समेत राप्रपा नेपालले गरेको छ ।











