२४ असार, काठमाडौं । सरकारको नीति तथा कार्यक्रमले नयाँ संविधान नबनाउने नियत प्रष्ट पारेको भन्दै प्रमुख विपक्षी एमाओवादीले आलोचना गरेका छ ।
प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम परम्परागत र उत्साहविहीन रहेको आरोप लगाए ।
ुनीति तथा कार्यक्रममा संविधानसभाबाट संविधान बन्दैछ र नयाँ परिस्थिति आउँदैछ भन्ने कुराको झलक नरहेको प्रचण्डले बताए । नीति तथा कार्यक्रमलाई हेर्ने हो भने सरकारले संविधान नल्याउने मनसाय राखेको प्रष्ट हुने पनि उनले तर्क गरे ।
भूकम्पबाट भएको क्षतिपछिको नवनिर्माणका बारेमा कुनै नयाँ कार्यक्रम र योजना नदेखिएको बताउँदै सामान्य औपचारिकता पूरा गर्ने परम्परागत ढंगको नीति र कार्यक्रम भएको तर्क प्रचण्डको छ ।
पूर्वप्रधानमन्त्री तथा एमाओवादीका नेता बाबुराम भट्टराईले यतिबेला आउने नीति तथा कार्यक्रम गुणात्मक रूपले भिन्न हुनुपर्नेमा त्यस्तो नभएको बताए।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रम परम्परागत र कर्मकाण्डी भएको भनी आलोचना गरेका छन् । रहेको बताए।











