२३ असार, काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको असइ (प्रहरी सहायक निरीक्षक) पद खुल्ला प्रतियोगिताद्वारा पूर्ति गर्न दरखास्त आह्वान गरिएको छ ।
दरखास्त सम्बन्धी विस्तृत विवरण असार २३ गते बुधबारको नेपाली राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित गरिएको छ भने नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।
१ सय ५३ पदका लागि दरुखास्त आह्वान गरिएको छ । जसमध्ये खुल्लातर्फ ८२ जना र अन्य समावेशीबाट प्रतिश्पर्धाबाट भर्ना लिइने सूचनामा जनाइएको छ ।
असइ पदका लागि साउन १ देखि ३० गतेसम्म महानगरीय प्रहरी कार्यालय रानीपोखरी, क्षेत्रीय प्रहरी तालिम केन्द्रहरु तथा अञ्चल प्रहरी कार्यालयमा दरखास्त फाराम लिन र बुझाउन सकिने प्रहरी प्रधान कार्यालय मानवस्रोत बिकास विभाग भर्ना तथा छनौट शाखाले जनाएको छ ।
गोरखापत्रमा प्रकाशित सूचनाको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :











