कन्हई यादव/२१ असार, भैरहवा
एक पटक माथीको तस्विरलाई राम्रोसँग निहाल्नुहोस । जिउँदै चल्लाहरुलाई खाल्डोमा हालिदै छ । यी चल्लाहरु भारतदेखि नेपाल भित्र्याइएका हुन् । यसरी दैनिक जसो नेपाल र भारतसिमामा हजारौँ चल्लाहरु जिउँदै माटो मुनी बिलिन हुन्छन् । भर्खरै अण्डाबाट निस्किेर चारोको खान आँ आँ गरिरहेका यी चल्लाहरुलाई सशस्त्र प्रहरी बलले जिउँदै माटोमा गाड्छ ।
सोमबार पनि अघिल्ला दिनहरुजस्तै गरि सशस्त्र प्रहरी बलले राजस्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीको टोलीले अबैध रुपमा नेपाल भित्राउदै गरेको लाखौ मूल्यको प्रतिबन्धित कुखुराको चल्ला बरामद गरि नष्ट गरेको छ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका डिएसपी कमल प्रसाद तिमिल्सीनाको नेतृत्वमा खटिएको गस्तीे टोलीले पटखौली र धकधई गाविसको बीच रहेको रामनगरबाट ४६ कार्टुन चल्ला बरामद गरेको हो ।
बरामद चल्लाको बजार मूल्य नेपालमा ३ लाख ३० हजार ७ सय ५० रुपैया रहेको छ । चल्ला पशु क्वाराइन्टाइन चेकपोस्ट बेलहियाका प्रमुख डा. हरि बहादुर कुवंर, सन्चारकर्मिहरु तथा स्थानियहरुको रोहबरमा नष्ट गरिएको डिएसपी तिमिल्सीनाले जानकारी गराएका छन । यस्तै चल्ला व्यावसायीका अनुसार नेपाल प्रहरी चौकी मैनिहवाका प्रहरी सहायक निरिक्षक मन सिंह थारुले मासिक रकम बुझि चल्ला आउदै गरेको सुचना दिदा समेत पक्राउ नगरी उल्टै तस्कर लाई फोन गरी अकै रुट बाट चल्ला लैजान बताउने गरेको सोही ठाउका नाम नउल्लेख शर्तमा एक प्रहरीले बताएका छन । यसै गरी मर्चवार क्षेत्रबाट पनि अवैध समान हरु खुलेआम नेपाल भित्रीने गरेको स्थानियले बताएका छन ।
खुल्ला नाका त्रिलोकपुर,कदमहवा,बगौली,जोगिया बारी खैरा,सुमेगाढ,करौता, थुमवा पिपरहवाँ लगायत नाकाबाट सिमेन्ट,छाड,कपडा तथा कुखुराको चल्ला तस्करी हुने र नेपालबाट भारत तर्फ प्रत्येक नाकाबाट एक पिक्प रक्सी तस्करी हुने गरेको स्थानियबसीहरुले जानकारी गराएका छन ।











