संविधान सभामा राप्रपा नेपालले विरोध गर्न छाडेपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल लगायतका साना दलहरुले विरोध गरेका छन् । सीमाङ्कन बिनाको प्रदेशले संघीयता नहुने भन्दै समाजवादी फोरमसहित ५ सना मधेसकेन्द्रित दलले संबवधानसभाको सोमबारको बैठक बहिष्कार गरेका छन् ।
साढे ११ बजे सुरु भएको आजको बैठक सञ्चालन भएको केहीबेरमा नै साना दलका सभासद बैठकस्थल छाडेर बाहिरिका थिए ।
सभाध्यक्ष नेम्वाङसँग समय मागेर बोल्दै तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले संविधानको मस्यौदा टाउकोविनाको शरीरजस्तो भएको टिप्पणी गरे । उनले संघीयताको र सीमाङ्कनको विषय संसदको नभएको भन्दै संबिधानसभाबाट टुंगो लगाउनुपर्ने बताए ।
समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आजको बैठक बहिष्कार गरिए पनि यसपछिको कार्यक्रमबारे पार्टीमा छलफल गरेर अघि बढ्ने जानकारी दिए ।
मस्यौदा समितिले संबिधानसभामा पेश गरेको संबिधानको मस्यौदामाथि बैठकमा सैद्धान्तिक बहस जारी छ ।











