१९ असार, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि पश्चिम क्षेत्रमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । पश्चिमको तुलनामा काठमाडौंसहित मध्ये र पूर्वमा भने कम वर्षा हुने महाशाखाको अनुमान छ ।
न्युनचापीय क्षेत्रको विकासँगै मनसुन सक्रिय भएपछि पश्चिममा भारी वर्षा हुने महाशाखाले शनिबार विशेष बुलेटिनमार्फत् जनाएको हो । न्युनचापीय रेखा पूर्वी भागमा भन्दा पश्चिमतिरको भागमा रहेकोले पश्चिममा ठूलो वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाले पूर्वी क्षेत्रमा भने शनिबार रातिदेखि नै वर्षा हुने अनुमान गरेको छ । शनिबार रातिदेखि नै वर्षा हुने र विभिन्न स्थानमा पहिरो र नदीमा पानीको मात्रा बढ्न गई बाढीको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अपिल गरेको छ ।











