१९ असार, काठमाडौं । मधेसवादी दलहरुसँग मिलेर भारतीय दूताबास गरेको भन्दै कांग्रेस सभासदहरुले अमरेशुकमार सिंहलाई कारबाहीको माग गरेका छन् ।
शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सभासद केशव बुढाथोकीले पार्टी सभासद सिंह भारतीय दूताबास गरेको विषयमा प्रश्न उठाएका थिए ।
अमरेश कसको मानिस हो । कहिले मधेसवादी दलहरुसँग जाने, कहिले अराजक गतिविधि गर्ने यस्ता मानिसलाई किन कारबाही हुँदैन भनी बद्री पाण्डे, भिष्मराज आङदाम्बे लगायतका सभासदले सिंहलाई कारबाही गर्न माग गरेका छन् ।
तर, पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले लाचारी प्रदर्शन गरेर कुनै जवाफ नदिएको एक सभासदले बताए ।











