१८ असार, रुपन्देही । रुपन्देही प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका ५ जनालाई ४ थान हतियारसहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले शुक्रबार पत्रकार सम्मेलन गरी कटुवा पेस्तोल ४ थान, ३ थान गोली र ल्यापटप, मोबाइलसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुम बुटवल–१३ की २० वर्षीया निरु गुरुङ, रुपन्देही मैनिहवाका ३४ वर्षी प्रभुदयाल हरिजन, बुटवल–१० का २५ वर्षीया विश्वास गुरुङ, बुटवल–४ का २९ वर्षीय राजु गुरुङ र बुटवल–१० का विकास भन्ने २५ वर्षीया देविकृष्ण न्यौपाने रहेका छन् ।
रुपन्देहीका प्रहरी प्रमुख एस्पी राजेन्द्र ढकालले अभियुक्तहरुले हतियार देखाएर चोरी डकैती गर्ने गरेको बताए । उनीहरुबाट प्रहरीले दुई थान मोटरसाइकलसमेत बरामद गरेको छ ।













